
काठमाडौँ, आज नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछाने काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन् । दोहाबाट कतार एयरवेजको जहाज चढेर आज बिहान काठमाडौं
ओर्लिएलगत्तै प्रहरीले पक्राउ गरेको हो । सन्दीपले आफूले आत्मसमर्पण गर्न लागेकाले हतकडी नलगाइदिन र आफ्ना वकिललाई विमानस्थलमै उपस्थित गराइदिन प्रहरीसमक्ष माग गरेका थिए, तर उनका दुवै माग
सम्बोधन भएनन् । विमानस्थलबाट प्रहरी भ्यानमा राखेर उनलाई प्रहरी वृत्त गौशाला लगिएको छ । उनलाई गौशाला प्रहरीमै राखेर अनुसन्धान अघि बढाइने छ । नेकपा माओबादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल ” प्रचण्ड” को
बिरोध गरेर चर्चामा आएको तर बरालले सन्दिप लामिछानेलाई सबै मिलेर फसाउनु लागेको सामाजिक संजालको लाइभमा बोलेको छ | फसाउनको लागि
करोडौंको खेल हुँदैछ भन्दै लाइभमा खुलाएको हो | बरालले धुर्मुस सुन्तली फाउन्डेसनको पनि चर्को बिरोध गर्दै आइरेहेको एक सामाजिक अभियता हो |

प्रतिकृया दिनुहोस्