२२ आश्विन २०७९, शनिबार ०६:१८

गाईघाट, २०७४ सालको आमनिर्वाचनमा उदयपुर क्षेत्र नम्बर २ बाट चुनाव जितेका माओवादीका सुरेश राईको यस बर्ष प्रतिनिधी सभाको ढोका बन्द भएको छ । मंसिर ४ गते हुने प्रतिनिधि सभाको
निर्वाचनमा गठबन्धनको तर्पबाट उदयपुर जिल्ला माओवादीको भागमा नपरेपछि सुरेश राईको संघीय संसद दोहरिने संभावना अन्त्य भएको हो । बेला बेलामा संसद राईलाई टुरिस्ट संसदको ट्याग
लाग्ने गरेको थियो । राई उदयपुरको बेलका नगरपालिका ४ गुरुङचौरीमा स्थायी बसोबास गर्दै आएका थिए | उदयपुर क्षेत्र नं. १ को प्रदेश सभा (क) र उदयपुर क्षेत्र नम्बर २ को प्रदेश सभा (क) मा
गठबन्धनबाट माओवादीको भागमा परेको दुई क्षेत्र विकल्पको रुपमा छन । उदयपुर क्षेत्र नं. १ नेपाली कांग्रेस र उदयपुर क्षेत्र नं. २ एकीकृत समाजबादीको भागमा परे हो |

प्रतिकृया दिनुहोस्