१३ भाद्र २०७९, सोमबार ०७:१२
मकवानपुरको हेटौंडा उपमहानगरपालिकाले सार्वजनिक जग्गा अतिक्रमण र नक्सा पासविना बनाइएका भौतिक संरचना हटाउने तयारी गरेको छ ।उपमहानगरकी मेयर मीनाकुमारी लामाका अनुसार अघिल्लो पटक पनि केही संरचनाहरु हटाइएता पनि यो पटक पूर्ण
रुपमा अभियान नै चलाएरु अवैध संरचना हटाउने तयारी थालिएको हो । अवैध संरचना हटाउनेसम्बन्धी सूचना निकाल्न निर्देशन भइसकेको मेयर लामाले जानकारी दिइन् । सम्भवतः सोमबार ३५ दिने सूचना प्रकाशित हुने उनको भनाइ छ ।
हामीले पहिलेबाट नै भौतिक संरचना बनाउँदा नक्सा पास र अभिलेखीकरणमा चुस्त गरेका छौं । तर पनि केही स्थानमा सडक ओगटेर पर्खाल, टहरा बनाएको गुनासो आउन थालेको छ, अनुगमनको क्रममा त्यस्तो संरचना पाइए उपमहानगरले कारबाही गर्छ’ मेयर लामाले भनिन् ।
प्रतिकृया दिनुहोस्