
काठमाडौँ—आसन्न मंसिर ४ को चुनावी रौनक उदयपुरमा पनि सुरु भएको छ ।जहाँ मुख्यगरी नेकपा एमाले र सत्ता गठबन्धनबीच प्रतिष्पर्धा हुने देखिन्छ । कांग्रेस माओवादी र विपक्षी एमाले भित्रको अन्तर कलह टिकटबाडफाँडसम्म आईपुग्दा छताछुल्लै भएको छ । एमालेले
पार्टीका प्रभावशाली नेता भिम रावललाई टिकट नदिदा त्यही नियती भोगेका घनश्याम भुसाललेपार्टी नै छाडे ।कांग्रेस भित्रको रडाको पनि सानोतिनो छैन। यसअघि देउवा सरकारमा रक्षामन्त्री भएका मिनेन्द्र रिजालले यस पटक टिकट पाएनन। रिजालले आफुले टिकट नपाउनुको
प्रमुख कारण भन्दै सामाजिक संजालमा एउटा चिठ्ठी पोस्ट गरेको थियो । माओवादीले पनि पार्टीका प्रभावशाली नेता हरीबोल गजुरेल र बौदिक नेता राम कार्कीपत्याएन । एमाले कांग्रेस र
डाक्टर नारायण खड्कालाई अघि सारेको छ भने एमालेले जिल्ला इन्चार्ज तथा पोलिटव्युरो सदस्य मन्जु चौधरीलाई टिकट दिएको छ । खड्का र चौधरी यस अघि पनि २०७४को चुनावमाआमने सामने भएका थिए । कांग्रेस नेता खड्कासँगको यसअघिको हारको बदला लिने
दाउमा चौधरी चुनावमा होमिदा तीन पटक जितेर ह्याट्रिक गरेकाखड्का चौथो पटकका लागि आफ्नो विरासत जोगाउने दाउँमाछन् । विरासत जोगाउने कि हारको बदला लिने त्यो भने थाहा हुने छ ।

प्रतिकृया दिनुहोस्