
गाईघाट, त्रियुगा नगरपालिकामा शारीरिक अपाङ्गता भएका ब्यक्तिहरुलाई व्हिल चेयर बितरणकाे लागी नाप जाँच कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम त्रियुगा नमुना मा.वि गाईघाटमा सम्पन्न भएको हो ।
त्रियुगा नगरपालिकाको आयोजक रहेको थियो भने सहयोगी संस्थाहरु अपाङ्ग महाशाखा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय काठमाडौँ र मानव एकता फ़ाउण्डेशन काठमाडौँ रहेको थियो ।
कार्यक्रमलाई त्रियुगा नगर प्रमुख बसन्त बस्नेतले उद्घाटन गर्नुका साथै व्हिल चेयर तथा अन्य सामग्रीहरुको उपलब्धताको बारेमा बताउनुकाे भएको हो । हिन्दुहरुको महान चाड सुभ-दिपावली र छैठको सम्पूर्णलाई सुभकामना समेत बस्नेतले दिनु भएको थियो ।
स्वास्थ्य विभाग बाट आउनु भएका डा. प्रशन्न नापितले त्रियुगा नगरलाई साथ सहयोग रहेन बताउनु भएको छ । तेस्तै मानव एकता फाउन्डेसनका अध्यक्ष संदेश रमतेलले आगामी दिनमा पनि हाम्रो फाउन्डेसन
त्रियुगानगर संग सहकार्य गरेर अघि बढ्न तयार रहेको बताउनु भयो । आजको कार्यक्रम शारीरिक अपाङ्गता भएका ब्यक्तिहरुको बृहत उपस्थिती संगै सबैको मुहारमा खुसि छाएको थियो ।

प्रतिकृया दिनुहोस्