
गाईघाट, त्रियुगा नगरपालिकाका नगर प्रमुख वसन्त कुमार बस्नेतको पहलमा नगर भित्र १० करोडको योजना सम्पन्न हुने भएको छ । त्रियुगा रिङ रोड अन्तर्गतका सडकहरुमा १० करोड लागतमा बन्ने भएको हो ।
शहरी विकास तथा भवन निर्माण अफिस राजविराज सप्तरीले ठेक्का आह्वान गरेको छ । ठेक्कामा कार्तिक / ३० / २०७९ सम्म निर्वाण कम्पनीहरुले आवेदन दिन सक्कने जनाएको छ ।
ठेक्का प्रक्रिया पुरा गरे पछि जति सक्दो चाडो काम सुरु गर्ने इन्जिनियर राजीब यादवले बताउनु भएको छ। अहिलेको योजना अनुसार त्रियुगा नगर भित्र यी स्थानमा काम हुने जनाएको हो।
जोगिदह हाटखोला धनगढी मैनाहा राई टोल सडक त्रि.न.पा. १ जोगिदह सनुवा सुकुनाई सडक त्रि.न.पा. २ क्याम्पस रोड चौधरी टोल एभरग्रिन त्रि.न.पा ३ सालघारी दमौती सडक त्रि.न.पा ४

मोहनपुर चकलघाट कालिखोला ककनी सडक त्रि.न.पा ६ र ७ गैरुन पूर्व रातमाटे कालिखोला सयपत्री टोल पानी ट्यान्की त्रि.न.पा ९ बिशालनगर टोल हुँदै साकेला टोल सडक त्रि.न.पा ११ दनुवारी बाट वडा कार्यलय सडक त्रि.न.पा १३ सम्म बन्ने भएको हो ।
त्रियुगा नगर प्रमुखमा निर्वाचित भए संगै बस्नेतले जनता संग गरेको बाचाहरु एक पछी अर्को पुरा गर्दै गइरहेको छ । आफ्नो सामाजिक संजाल फेसबुकमा नेपाली काङ्ग्रेसका नेता तथा पररास्ट्र मन्त्री डा.नारायण खड्का, सहरी बिकास मन्त्रालयका
सह-सचिब रामचन्द्र दङ्गगाल, सचिब डा रमेश सिंह, भबन डिभिजन कार्यालय राजबिराजका डिभिजन प्रमुख र त्रियुगा नगरपालिका प्र. प्र. अधिकृत र योजना शाखाका कर्मचारी सम्पुर्णलाइ बिशेष धन्यवाद दिएको छ ।


प्रतिकृया दिनुहोस्