
गाईघाट, आउदै गरेको निर्वाचनलाई मध्ये नजर गर्दै कार्यकर्ता भेलामा सुरु भएको छ । उदयपुर निर्वाचन क्षेत्र नं.१ प्रदेस ( ख ) मा सात दिने कार्यतालिका बनाएर चुनावमा होमिएको हो ।
आज त्रियुगा नगरपालिकाका वडा नं १,२ र ३ मा कार्यतालिका अनुसार कार्यक्रम आयोजना भएको थियो । उदयपुर निर्वाचन क्षेत्र नं.१ का नेपाली कांग्रेसका प्रतिनिधि सभा उम्मेदवार डा.नारायण खड्का,
प्रदेस ( ख ) का उम्मेदवार हिमाल कार्की लागाएत नेपाली कांग्रेसको तर्फ बाट समानुपातिक उम्मेदवारहरु नजबुल खान, महेन्द्र चौधरी, लिला राईको पनि उपस्थिति रहेको थियो । नेपाल भर
गठबन्दनको लहर चलेको बेला उदयपुरलाई पनि गठबन्दनले छोएको छ । गठबन्दनमा उदयपुर निर्वाचन क्षेत्र नं.१ प्रतिनिधि सभा नेपाली कांग्रेस, प्रदेस (क) माओवादी र प्रदेस ( ख ) नेपाली कांग्रेसको
भागमा परेको छ । जस अनरुप कार्यकर्ता भेला कार्यक्रममा नेकपा माओवादी केन्द्र,एकीकृत समाजवादी पार्टीका नेता तथा कार्यकर्ताहरु सयुक्त गठबन्दनलाई भोट मागेको छ ।

प्रतिकृया दिनुहोस्