८ भाद्र २०७९, बुधबार ०७:४२
भदौ ८, काठमाडौं । शिक्षक सेवा आयोगले तीनै तहको स्थायी शिक्षकको नतिजा आगामी असोज महिनाभित्र सार्वजनिक गर्नेगरी तयारी गरिएको जनाएको छ ।
आयोगले गत असार ९ देखि १३ गतेसम्म सञ्चालन गरेको प्राथमिक , निम्नमाध्यामिक र माध्यामिक तहको स्थायी शिक्षकको लिखित परीक्षाको उत्तरपुस्तिका देशका सातै प्रदेशबाट संकलन गरेर परीक्षण कार्य गरिरहेको जनाएको छ ।
आयोग स्रोतकाअनुसार उत्तरपुस्तिका संकलन गरेर कोडिङको सबै काम सकेर उत्तरपुस्तिका परीक्षण भइरहेको छ । ‘ आयोगले सातवटै प्रदेशबाट उत्तरपुस्तिका संकलन गरेर परीक्षण गरिरहेको छ ‘ , स्रोतले भन्यो , ‘ हामीले असोजसम्म उत्तरपुस्तिका परीक्षण सकेर असोजमै नतिजा सार्वजनिक गर्ने तयारी गरिरहेका छौं । ‘ तीनै तहको उत्तरपुस्तिका परीक्षण कार्य सकेर सँगसँगै नतिजा सार्वजनिक गर्ने स्रोतको भनाइ छ ।
प्रतिकृया दिनुहोस्