
गाईघाट, लोकतान्त्रिक गठबन्धन दलको पहिलो चरनको कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न भएको छ । मंगसिर ४ गते हुने आम निर्वाचनलाई लक्षित गरि उदयपुर क्षेत्र न.१ प्रदेश (ख) मा
गठबन्धनले संयुक्त रुप कार्यक्रम आयोजना गरेको थियो । जस अनुसार २०७९ कार्तिक १ गते बाट सुरु भई कार्तिक ७ गते कार्यक्रम सम्पन्न भएको हो । उदयपुर क्षेत्र न.१मा गठबन्धनको
प्रत्यक्ष तर्फ संघमा नेपाली कांग्रेसका डा. नारायण खड्का छ भने प्रदेस (क)मा नेकपा माओवादी केन्द्रका राजन किराती ( बासु) र प्रदेस ( ख ) हिमाल कार्की रहेको छ । समानुपातिक तर्फ
भने संघमा कांग्रेसका महेन्द्र चौधरी, नजबुल खान ( निलम) प्रदेस तर्फ लिला राई, मिरा कटुवाल रहेको छ । तेस्तै नेकपा माओवादी तर्फ संघमा दिलकुमारी मगर छन् प्रदेस तर्फ
सम्झना तामाङ र भगति दाहाल रहेको छ । नेकपा एकीकृत समाजवादी तर्फ संघमा दुर्गा परियार, राममणि पोखरेल छ भने प्रदेस तर्फ बिक्रामी महतो चौधरी, गंगा कुमारी चौधरी र चुना थापा मगर रहेको छ।
कार्यक्रममा गठबन्धनको भोट प्रत्यक्ष तर्फ नेपाली कांग्रेसको लागि मागेको थियो भने समानुपातिक तर्फ आ-आफ्नो भोट मागेको थियो । प्रदेस भौतिक पूर्वाधार मन्त्रि हिमाल कार्कीले जसरी हुन्छ गठबन्धनका
उम्मेदवारलाई भोट दिएर जिताउनु अपिल गरे । मलाई २०७४ सालको निर्वाचनमा माया गरेर जिताउनु भयो मलाई आशा छ यो पटक पनि माया गरेर जिताउनु हुन्छ भनेर । कार्कीले मतदाता संग
माफी पनि मागे हुन् सक्छ मैले सबैको भावनालाई कदर गर्नु सकिन होला सबै संग भने जति भेट भएन होला तर पनि सकेको काम गरेको बताए । जलजले, भन्टाबारी, सरस्वती हुदै
उदयपुरको धार्मिक स्थल रौता सम्म सडक संजाल पुर्याउने योजना रहेको बताए ।अब फेरी तिहार लगतै निर्वाचन लक्षित कार्यक्रमको खाका बन्ने त्रियुगा नगर उप-सभापति
उमेश बुढाथोकी ले बताउनु भएको छ । बुढाथोकीका अनुसार पहिलो चरनको कार्यकर्ता भेटघाट कार्यक्रम भन्दा अझ नयाँ ढंगले कार्यक्रम गर्ने बताउनु भयो ।


प्रतिकृया दिनुहोस्