
आठौं संस्करणको थारु युवा फुटबल प्रतियोगिता सुरु भएको छ । चौदन्डीगढी नगरपालिका वडा नम्बर -५ आधारभूत बिधालय सिवाई बेल्हाको खेलमैदानमा सुरु भएको हो ।
खेलको उद्घाटनमा केहि व्यक्तिहरु लाई पत्र पठाएर बोलाए पनि नआएकोमा गुनासो गरेको छ । स्थानीय भास्कर चौधरीले आफ्नो फेसबुकमा लेखेर गुनासो गरेको छ । चौधरीले आफ्नो फेसबुकमा यस्तो लेखेको छ
“कालिका थारु युवा समुह चौदन्डीगढी नगरपालिका वडा नम्बर -५ बेल्हा द्वारा आयोजित आठौं संस्करणको थारु युवा फुटबल प्रतियोगिता आधारभूत बिधालय सिवाई बेल्हाको
खेलमैदानमा हिजो बाट उदघाटन भैइ शुरु भएको छ । धेरै ब्याक्तित्वहरुलाई पत्र ,मेसेज,फोन वा सन्चारको माध्यम बाट उदघाटन समारोहको लागि निमन्त्रणा गरिएको थियो तर थारु
युवाहरूले आयोजना गरेको सानो प्रतियोगिता सम्झेर होला केहि ब्याक्तीहरुले अनेकौं बहाना बाजि गर्दै अघोषित बहिस्कार नै गर्दा दु:ख लाग्नु स्वाभाविक हो तर केहि छैन हाम्रो निमन्त्रणालाई
सहर्ष स्वीकार गरि अति महत्त्वपूर्ण समयको बाबजुद पनि आदरणीय चौदन्डीगढी नगर प्रमुख ,युवा नेता कालुमान लामा ज्यु,वडा अध्यक्ष तुलसिराम ढकाल ज्यु ,नगर खेलकुद बिकास समिती
अध्यक्ष नन्दु थापा ज्यु ,सचीव अनुपराज खत्री ज्यु ,युवा नेता मिलन रिजाल ज्यु ,पत्रकार अन्जनि अधिकारी ज्यु लगायत यस ५ नम्बर वडाका नेतृत्व बर्ग ,आम गाउँ बासि दाजुभाइ ,
दिदीबहिनीहरुलाई उपस्तिथि जनाई दिनु भएकोमा आयोजकको तर्फबाट हृदय देखि धेरै धेरै धन्यवाद अनि आभार ब्यक्त गर्न चाहन्छु ।म यति भन्न चाहन्छु सानो सम्झेर हेला गर्दा ठुलठुला मै हु
भन्ने हरुको पत्ता साफ भएको धेरै उदाहरणहरु छ्न यहाँ । हामी पनि एक दिन कसो काम नलागौला नि हौ हजुरहरु हो ? मात्रै समय र परिस्थितिको खेल हो आज तपाईंहरु त्यो ठाउँमा हुनुहुन्छ एक न एक दिन हामि पनि त्यहाँ हुनेनैछौ ”


प्रतिकृया दिनुहोस्