All News
उदयपुरका तिन युवा मेचि महाकाली साईकल यात्रामा नगर प्रमुख बस्नेतले गरे विदाई
गाईघाट, उदयपुरका तिन साईकल यात्रीहरु साईकल यात्रामा निस्केको छ । मेची महाकाली २०२२ का लागि साईकल यात्रामा निस्किएका हुन् । उदयपुर जिल्ला साइकलिङ्ग संघले कार्यक्रम आयोजन गरेको हो । साईक्लिङ संघको सदस्यहरु त्रियुगा नगरपालिका ७ चुहाडेका आङ पासाङ सेर्पा, त्रिनपा ११ का अबैध नारायण चौधरी र त्रिनपा १० का कृष्ण अधिकारीलाई गाईघाट बाट विदाई गरिएको […]
पूरा पढ्नुहोस्
उदयपुरमा लाग्यो तिहार ! सदा झैँ यो बर्ष पनि ढकमक्क फुले सयपत्री फूल
गाईघाट, उदयपुरमा तिहार लागि सकेको छ । सदा बर्ष झैँ यो बर्ष पनि उदयरमा ढकमक्क सयपत्री फूलहरु फुलेका छन् । जिल्लाको कटारी ४ स्थित त्रिवेणी माविका कक्षा १२मा अध्ययनरत विद्यार्थीहरुले व्यवसायिक सायपत्री फूल खेती गरेका छन् । भाईटीकाका लागि फूल आवश्यक पर्नेहरुले सम्पर्क गरेर सुपथ मूल्यमा खरिद गर्न सक्ने बताइएको छ । कस्तो स्थानमा फुल्छ […]
पूरा पढ्नुहोस्
त्रियुगा नगरमा डेंगोका विरामी बढ्न थालेपछि नगर प्रमुख बस्नेतको अगुवाईमा डेंगो नियन्त्रण अभियान सुरु
गाईघाट, त्रियुगा नगरपालिकाले डेंगोका विरामी बढ्न थालेपछि डेंगो नियन्त्रण अभियान सुरु गरेको छ । डेंगो नियन्त्रणको लागि प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमको अध्यक्षमा बुधबार बसेको बैठकले गाईघाटमा त्रियुगा नगरपालिकाको अगुवाईमा अभियान सञ्चालन गर्ने निर्णयसँगै बसपार्क क्षेत्रमा सरसफाइ कार्यक्रम सुरु गरिएको हो । त्रियुगा नगरपालिकाको आयोजनामा जिल्ला प्रशासन र स्वस्थ्य कार्यालय उदयपुर संग समन्वय गरी डेंगी […]
पूरा पढ्नुहोस्
उदयपुर मालपोत कार्यालयमा अब जग्गा र आर्थिक कारोवार गर्न यसरी भयो सहज
उदयपुर | सेवाग्राहिलाई आर्थिक कारोबारमा सहजताको लागि मेगा बैंक नेपाल लिमिटेडले जिल्ला मालपोत कार्यालय उदयपुरमा एक्सटेन्सन काउन्टर संचालनमा ल्याएको छ । बुधबार एक कार्यक्रमका विच एक्सटेन्स काउन्टरको प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले रिवन काटेर काउन्टरको उद्घाटन गर्नु भयो । त्रियुगा नगरपालिका वडा नम्बर १०, बोक्सेस्थित मालपोत कार्यालयमा बुधबारबाट मेगा बैंकले एक्सटेन्सन काउन्टर विस्तार गरेको […]
पूरा पढ्नुहोस्
उदयपुरको जलजले पोखरीभित्र भेटियो महिला लाश
उदयपुर । उदयपुरमा एक महिला पोखरीभित्र मृत भेटिएकी छन् । जिल्लाको त्रियुगा नगरपालिका वडा नम्बर ६ जलजलेस्थित उदयपुर सिमेन्ट उद्योग लिमिटेड परिसरमा रहेको पोखरीमा डुबेर मंगलबार एक महिलाको निधन भएको हो । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार मंगलबार साँझ गाईबस्तु चराउन गएकी त्रियुगा नगरपालिका ५ श्रीपुरकी ६० वर्षीया दैया परियारको डुबेर मृत्यु भएको हो […]
पूरा पढ्नुहोस्
उदयपुर निर्वाचन क्षेत्र नं.१ मा कार्यकर्ता भेला सुरु
गाईघाट, आउदै गरेको निर्वाचनलाई मध्ये नजर गर्दै कार्यकर्ता भेलामा सुरु भएको छ । उदयपुर निर्वाचन क्षेत्र नं.१ प्रदेस ( ख ) मा सात दिने कार्यतालिका बनाएर चुनावमा होमिएको हो । आज त्रियुगा नगरपालिकाका वडा नं १,२ र ३ मा कार्यतालिका अनुसार कार्यक्रम आयोजना भएको थियो । उदयपुर निर्वाचन क्षेत्र नं.१ का नेपाली कांग्रेसका प्रतिनिधि सभा […]
पूरा पढ्नुहोस्
जनतासंग गरेको बाचा त्रियुगा नगर प्रमुख बस्नेतले एक पछि अर्को पुरा गर्दै ! त्रियुगा रिङ्ग रोडको लागि १० करोडको ठेक्का आह्वान !
गाईघाट, त्रियुगा नगरपालिकाका नगर प्रमुख वसन्त कुमार बस्नेतको पहलमा नगर भित्र १० करोडको योजना सम्पन्न हुने भएको छ । त्रियुगा रिङ रोड अन्तर्गतका सडकहरुमा १० करोड लागतमा बन्ने भएको हो । शहरी विकास तथा भवन निर्माण अफिस राजविराज सप्तरीले ठेक्का आह्वान गरेको छ । ठेक्कामा कार्तिक / ३० / २०७९ सम्म निर्वाण कम्पनीहरुले आवेदन दिन […]
पूरा पढ्नुहोस्
सन्दीप लामिछानेद्धारा कोठा नं ३०५ मा सँगै बसेको स्वीकार
काठमाण्डौ क्रिकेटर सन्दीप लामिछानेले होटलमा किशोरीसँगै बसेको स्वीकारेका छन् । नाबालिग ब’ला’त्कार आ’रोपमा प’क्राउ परेका लामिछानेमाथि अहिले प्रहरी अनुसन्धान भइरहेको छ । काठमाडौंस्थित प्रहरी वृत्त गौशालाले उनीविरु’द्धको अनुसन्धान अगाडि बढाएको छ । गौशालाकै हि’रासत कक्षमा अन्य थु’नुवासँगै सन्दीपलाई पनि राखिएको छ । उनीवि’रुद्ध पहिलोपटक सात दिन र दोस्रोपटक पाँच दिन हिरा’सतमा राखी अनुसन्धान गर्न जिल्ला […]
पूरा पढ्नुहोस्
उदयपुरमा अरिंगाल काड्न रुख चढेका राईको मृत्यु, चार जना बेहोस्
उदयपुर । उदयपुरमा अरिङ्गलको गोलो काड्न गएका एक युवकको मृत्यु भएको छ । जंगलमा पाईने अरिङ्गलको गोलो भेटिएपछि काड्न घरबाट केही साथीहरुसहित जंगल पुगेका २४ वर्षीय दिवस राईको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार मृत्यु हुने राई लिम्चुङबुङ गाउँपालिका वडा नम्बर ५ जाँतेका स्थानीय हुन् । गोलो काड्न रुख चढेका राई […]
पूरा पढ्नुहोस्
उदयपुरमा ‘म्यादी प्रहरी’लाई १० दिने तालिम सुरु
उदयपुर । उदयपुरमा म्यादी प्रहरीहरुका लागि औपचारिक तालिम सुरु भएको छ । मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनलाई लक्षित गरी सुरक्षामा खटिने म्यादी प्रहरीलाई आईतबारदेखि आधारभूत तालिम सुरु भएको हो । जिल्लाको निर्वाचन क्षेत्र २ अन्तर्गत सुरक्षामा खटिने म्यादी प्रहरीलाई कटारी नगरपालिकास्थित इलाका प्रहरी कार्यालय कटारीको प्राङ्गणमा तालिम थालिएको छ […]
पूरा पढ्नुहोस्