१ श्रावण २०८३, शुक्रबार २०:३६
गाईघाट / उदयपुरको त्रियुगा नगरपालिका–५ का ८ महिनादेखि कुपोषणबाट पीडित एक शिशुलाई थप उपचारका लागि आज कोशी अस्पताल रिफर गरिएको छ।
त्रियुगा नगर अस्पतालका प्रशासन प्रमुख फिरोज अलीका अनुसार कुपोषणका कारण शिशुको तौल बढ्न नसकेको र ८ महिनाको उमेरमा पनि करिब १ केजी ५०० ग्राम मात्र तौल रहेको छ।
अलीका अनुसार त्रियुगा नगर अस्पतालको समन्वयमा कोशी अस्पतालमा शिशुको निःशुल्क उपचारको व्यवस्था मिलाइएको छ। साथै शिशुसँगै आमाको खाने र बस्ने व्यवस्थासमेत गरिएको छ।
शिशुका बुवा सञ्जिब सदाले त्रियुगा नगर प्रमुख बसन्त कुमार बस्नेत तथा त्रियुगा नगर अस्पतालप्रति आभार व्यक्त गर्दै कठिन अवस्थामा स्थानीय सरकारले गरेको सहयोगले आफूलाई राहत मिलेको बताए। उनले भने, “स्थानीय सरकार छ भन्ने अनुभूति आज भएको छ। नगरपालिकाले गरेको सहयोगप्रति हामी आभारी छौं।”



प्रतिकृया दिनुहोस्