
असफलता, असफलता अनि फेरी असफलता । असफलताको यो शृंखलाले उनलाई यति हत्तु–हैरान बनाइदियो कि विरक्तिएर दुबई उड्ने मनोदशामा पुगे ।
तर, जीवन आफैमा ‘सरप्राइज’ जस्तो ।
कहाँ–कहाँ ठोक्किएर कहाँ मोडिन्छ ? थाहा नहुने । उनलाई थाहा थिएन, यही मोडमा पुगेपछि जीवनले नयाँ चोला फेर्नेछ । र, त्यो सप्तरंगी आलोकमा सयर गर्नेछ । यो प्रसंगलाई एकछिन
यही अल्पबिराम लगाऔं । किनभने त्यो असफल–यात्राको बखान नगरी अगाडि बढ्दा खाँट्टी कुरो कहीँ कतै छुटेजस्तो होला । यस्तो गजब कुरो त नछुटेकै उत्तम । ‘प्रदीप खड्का’ त्यसबेला कुनै
परिचित नाम थिएन । उनी फगत एक बालक थिए, चुलबुले । विद्यालय पढ्दै गरेका एकपटक के भइदियो भने उनी आफन्तकहाँ विहे भोजमा गएका थिए । तीन-चार जना बच्चाले
प्रदीपलाई घेरे, उनकै छिमलका । अनि भने, ‘फोटो खिचौं न ।’अनायसै ‘प्रशंसक’ भेटिनु र फोटो खिचाउनु प्रदीपका लागि सानोतिनो कुरा भएन । अनपेक्षित रुपमा उनले
आफ्नो इमान–इज्जत रहेको महसुष गरे । अनि ‘म पनि केही पो भएँ कि’ भन्ने कुराले उनलाई आत्म–गौरव मिल्यो । खास यस्तो हुनुको पछाडि एउटा सानो किस्सा छ ।त्यसबखत
नेपाल वान नामक टेलिभिजनबाट एउटा १५ मिनेटको कार्यक्रम प्रशारण हुन्थ्यो । कार्यक्रम थियो, भुराभुरीको हल्लाखल्ला । साँच्चै भन्ने हो भने यो एक किसिमको प्राङ्क भिडियो थियो ।
जुन लोकेसनमा यसको दृश्यांकन गरिन्थ्यो त्यहाँ ठाउँ–ठाउँमा भिडियो क्यामेरा लुकाइएको हुन्थ्यो । र, केही छद्म पात्रहरु त्यहाँ उपस्थित गराइन्थे । यी सबैबाट बेखबर मान्छेलाई जिल्याएर हाँसोको पात्र बनाउने गरिन्थ्यो ।
कार्यक्रमका लागि विद्यालयबाट छनौट भएका थिए, प्रदीप । किन उनी छनौट भए ? यसको फेहरिस्ता भनिरहनु परेन । पक्का हो, प्रदीप यस्तो उटपट्याङ गर्नमा खप्पिस थिए ।
बाटो हिँडिरहेका मान्छेलाई हठात रोकेर हजार रुपैयाँको नोट साट्न लगाउने र पैसा थुतेर भाग्ने । हात भाँच्चिएको नक्कल गरी कतै
हिँडिरहेका बटुवालाई जुत्ताको लेस बाँध्न लगाउने । यस्ता अनेक–अनेक हुन्थ्यो । अनि यसरी अनेक नाटक गरिरहेका हुन्थे, प्रदीप ।अनलाइन खबर बाट

प्रतिकृया दिनुहोस्