समाज

त्रियुगा नगर क्षेत्रका सम्पुर्ण बिद्यालयलाई ११ गते देखि १३ गते सम्म बिदा

गाईघाट / त्रियुगा नगरपालिकाले पुस ११ गते देखि १३ गते सम्मका लागि नगरक्षेत्र भित्रका सम्पुर्ण सामुदायिक तथा संस्थागत बिधालयहरुलाई बिदा दिने निर्णय गरेका छन् । नगरपालिकाको शैक्षिक क्यालेन्डर अनुसार पालिकाले खेलकुद सप्ताह संचालन गर्ने भएका कारण बिदा दिने भएका हुन् । पुस ११ गते देखि गाईघाटको थारुहट रंगशालामा हुने दोस्रो मेयर रनिङ शिल्ड प्रतियोगितामा नगर […]

पूरा पढ्नुहोस्

गाईघाट बजारमा आगलागी भयो करौड़ोको छती

गाईघाट / उदयपुर सदरमुकाम गाईघाट बजारमा आगलागी भएको छ | त्रियुगा नमुना माध्यमिक बिधालयले व्यापार प्रयोगको लागि भाडा लगाएको सटरमा आगलागी भएको हो | आइतवार साझ ७ बजे राजअटो मोटरसाइकल ग्यारेजबाट आगलागी सुरु भएको थियो | आगलागी नियन्त्रण गर्न त्रियुगा नगरपालिकाको जेसिबी मेशिन साथै त्रियुगा न.पा , चौदण्डी न.पा,रौतामाई गा.पाको दमकल (वारुणयन्त्र), लगाएत स्थानीयवासी, नेपाल […]

पूरा पढ्नुहोस्

त्रियुगा नगरपालिका भुकम्प पिडितलाई राहत लिएर जाजरकोट प्रस्थान

गाईघाट / उदयपुरको त्रियुगा नगरपालिकाले जाजरकोटमा गएको भुकम्प पिडितका लागि राहात सामाग्री लिएर प्रस्थान गरेका छन् । नगरपालिकाले ९ लाख बराबरको राहत सामाग्री लिएर भुकम्प प्रभावित जाजरकोटका लागि गएको हो । नगरपालिकाले आफ्नै कोष तथा सहयोगी सङ्घ संस्थाबाट सङ्कलन गरी जुटाएको रकम बाट खाद्यान्न लगायत विभिन्न औषधी र लत्ता कपडा सहयोग गरेको नगर प्रमुख बसन्त […]

पूरा पढ्नुहोस्

त्रियुगा उधोग बाणिज्य संघले भुकम्प पिडितलाई राहत सहित १० दिने महोत्सव संचालन गर्ने

गाईघाट / त्रियुगा उधोग बाणिज्य संघले दोस्रो प्रदेश महोत्सव संचालन गर्ने भएका छन् । मिति २०८० फाल्गुन १ देखि १० गते सम्म दोस्रो प्रदेश महोत्सव गाईघाटमा संचालन गर्ने निर्णय गरेका हुन् । व्यापारीहरुको हकहित तथा व्यापार प्रवर्धनको लागि १० दिने  महोत्सव आयोजना गर्न  लागेको अधक्ष्य रमेश रसाइलीले बताउनु भयो । रसाइलीका अनुसार विगतको आन्तरिक विवाद […]

पूरा पढ्नुहोस्

राती दश बजे पछी उदयपुरमा देउसीभैलो खेल्न नपाइने (विज्ञप्ति सहित)

गाईघाट / उदयपुरमा राती दश बजे पछी देउसीभैलो खेल्न नपाइने भएको छ । जिल्ला प्रशासन कार्यालय उदयपुरले शुक्रवार एक विज्ञप्ति प्रकाशित गरी दिपावली एवं छठ लगायतका चाडपर्व सभ्य, मर्यादित, शान्तपूर्ण वातावरणमा एक आपसमा खुशी साटासाट गरी मनाउन अपिल गर्दै जिल्ला प्रशासन कार्यालय उदयपुरले देउसी भैलो सभ्य ढङ्गले राति १०:०० बजेसम्म मात्र खेल्न अनुरोध गरेका छन् […]

पूरा पढ्नुहोस्

त्रियुगामा वृद्धाश्रम भवन बन्ने नगर प्रमुख बसन्त कुमार बस्नेतले गरे शिलान्या

गाईघाट/ त्रियुगा नगरपालिकाको मोतियाहीमा वृद्धाश्रम भवन बन्ने भएको छ । बेसहारा तथा अपहेलित भएका ज्येष्ठ नागरिकलाई संरक्षणका लागि वृद्धाश्रम बनाउन लागिएको हो । वृद्धाश्रमको त्रियुगा नगरपालिकाका नगरप्रमुख बसन्त बस्नेतले बुधबार एक कार्यक्रमका बीच शिलान्यास गर्नु भएको हो । राधा कृष्ण कुञ्ज बिहारी संस्थाले ८ दशक अगाडी निर्माण भएको राधाकृष्ण मन्दिरको जग्गामा बृद्धाश्रम, गौसेवा र गुरु […]

पूरा पढ्नुहोस्

त्रियुगा नगरपालिकाले थालेको व्यवस्थित शहर निर्माण गर्ने अभियानलाई साथ दिन जग्गा धनिहरुलाई बोलाए छलफलमा

गाईघाट / त्रियुगा नगरपालिकाले जग्गा एकिकरण संचालन गर्नको लागि जग्गाधनिहरुलाई भेला हुन सूचना प्रकाशन गरेका छन् | नगरपालिकाले २०८०/०७/१८ गते शनिवार दिनको ११ बजे नगरपालिकाको सभाहलमा भेला हुन् जग्गाधनीहरुलाई सूचना मार्फत जानकारी गराएका हुन् | यस अघि त्रि.न.पा वडा न. ९ र १० को १८० बिगाहा जग्गामा नगरपालिकाले एकिकरण आयोजना संचालन गर्नको लागि २०८०/०५/०८मा ३५ […]

पूरा पढ्नुहोस्

युवा समाजसेवी सुमन चौधरीको ‘साझा सेवा घर’ नामक संस्थालाई ५० हजार सहयोग

गाईघाट / उदयपुरको गाईघाटमा संचालनमा ल्याइएको ‘साझा सेवा घर’ नामक मानविय सेवा गर्ने संस्थामा आजीवन सदस्य बन्ने हरु बढ्न थालेका छन । हिजो देखी औपचारिक रुपमा संचालनमा ल्याइएको साझा सेवा घरमा युवा व्यबसायी तथा नेपाली कांग्रेसका युवा नेता सुमन चौधरीले ५० हजार सहयोग गरि आजिवान सदस्यता लिएका हुन। संस्थाको उदेश्य देखेर आफु प्रभावित भएको र […]

पूरा पढ्नुहोस्

उदयपुरबाट आन्दोलनमा हिडेका शिक्षक मोटरसाईकल दुर्घटनामा घाईते

गाईघाट / नेपाल शिक्षक महासंघले शिक्षा विद्येक विरुद्ध आव्हान गरेको आन्दोलनमा सहभागी हुनको लागि राजधानी काठमाण्डौ जादै गरेका उदयपुरका एक शिक्षक सवारी दुर्घटनामा परी घाईते भएका छन् । उदयपुरको ताप्ली गाउपालिका वडा नम्बर ४ स्थित महेन्द्र आधारभुत विद्यालय सोरुङपादेखरीका शिक्षक मिलन लाल बहादुर तामाङ मिलन त्रियुगा नगरपालिका ९ गैरुनमा आफैले चलाएको मोटरसाईकल दुर्घटना भई घाईते […]

पूरा पढ्नुहोस्

अफ्रिकाको सबैभन्दा अग्लो हिमालमा त्रियुगा नगरपालिकाको लोगो फहराइने

गाईघाट / विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरि सकेका एक नेपाली पर्वतारोहीले अफ्रिकी महादेशको सवैभन्दा अग्लो हिमाल किलिमान्जारोमा उदयपुर स्थित त्रियुगा नगरपालिकाको लोगो फहराउने भएका छन्। नेपाली आरोही पुर्णकुमार (पिके) शेर्पाले तान्जेनियामा पर्ने ५८९५ मिटर अग्लो किलिमान्जारो हिमाल आरोहण गर्ने क्रममा नगरपालिकाको लोगो फहराउने त्रियुगाका मेयर बसन्त वस्नेतले जानकारी दिए। शेर्पाले भारतीय, चाइनिज र […]

पूरा पढ्नुहोस्