समाचार

उदयपुर गाईघाटमा बडादशैँको किनमेलमा चहलपहल (फोटाे फिचर)

शौरभ आलेमगर असोज ९ उदयपुर नेपाली हिन्दुहरूको महान चाड बडा दशैँ नजिकिँदै गर्दा बजारमा किनमेल गर्नेको भीड बढ्न थालेको छ । विशेषगरी नयाँ कपडा, जुत्ता, गहना र सौन्दर्य सामग्री किन्ने ग्राहकहरूको बजारमा भिड देखिएका छन् । चाडपर्वको अवसरमा विभिन्न पसलहरूले आकर्षक छुट र अफरसमेत दिइरहेका छन् । तस्वीरहरु : शम्भु मगर  

पूरा पढ्नुहोस्

आजबाट बडादशैं सुरु :भगवती मन्दिर राखियो जमरा

समृद्ध संवाददाता असोज ६, उदयपुर नेपालीहरुको महान चाड बडादशैं आजबाट सुरु भएको छ । आज पहिलो दिन घटस्थापना गरिएको छ । उदयपुर गाईघाटमा रहेको भगवती मन्दिरमा पनि दुर्गा देवीको प्रिय वस्तु जौको जमरा राखिएको छ l प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म हर्षोल्लास र धूमधामका साथ बडादशैं मनाइन्छ ।बडादशैंको पहिलो दिन आज घर–घरमा वैदिक विधिपूर्वक […]

पूरा पढ्नुहोस्

कक्षा १२ को मौका परीक्षा असोज ७ र ८ गते हुने

शम्भु रानामगर असोज १ , उदयपुर राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक तह कक्षा १२ को मौका (पुरक) परीक्षा यहि असोज ७ र ८ गते गर्ने निर्णय गरेको छ। यसअघि बोर्डले उक्त परीक्षा भदौ २८ र २९ गते गर्ने तालिका थियोे । तर भदौ २३ र २४ गते देशभर भएको जेनजी आन्दोलनले बिषम परिस्थिति सिर्जना गरेको हुँदा […]

पूरा पढ्नुहोस्

उदयपुरको त्रिवि मातहतका सबै क्याम्पसको पठनपाठन कात्तिक १० सम्म स्थगित

शौरव आले मगर उदयपुर मुलुकमा सिर्जित विषम परिस्थितिलाई मध्य नजर गर्दै त्रिभुवन विश्वविद्यालयले पठनपाठन स्थगित गरेको छ ।हिउँदे बिदाबाट कटौती हुनेगरी हाललाई दसैं तिहार र छठको पनि एकमुष्ट बिदा दिएको त्रिवि रजिस्ट्रार कार्यालय सूचना तथा जनसम्पर्क महाशाखा प्रमुख लिल्ली थापाक्षेत्रीले जानकारी दिनुभएको छ । भदौ २२ बाट सुरु भएको स्नातक तह दोस्रो वर्षको मौकापरीक्षा पनि […]

पूरा पढ्नुहोस्

जेनजी युवाको उग्ररुपले त्रियुगा नगरपालिकाको प्रशासनिक कार्यहरु ठप्प

समृद्ध संवाददाता भदौ २४ उदयपुर देशभर जेनजी युवा समुहले आन्दोलन गरिएको बेला उदयपुरको गाईघाटमापनि जेनजिले शान्तिपूर्ण आन्दोलन गर्दै थिए । शान्तिपूर्ण आन्दोलन दिउँसोको करिब ३ बजेको समय पछि उग्ररुपलिदै स्थानीय सरकार त्रियुगा नगरपालिकाको कार्यालयमा प्रवेश गर्न खोज्ने जेनजी प्रदर्शनकारी र नेपाल प्रहरीबीच घम्साघम्सी भयो । भिड थामिनसक्नु भएकोले प्रदर्शनकारी नगरपालिकाभित्र छिरी तोडफोड गर्न थाल्यो । […]

पूरा पढ्नुहोस्

विपि जयन्तीकै दिन गाईघाटमा विपिको सालिक तोडफोड र आगजनी

समृद्ध संवाददाता भाद्र २४ उदयपुर जेनजी नामक दिएर देशभर सरकारको आलोचना र प्रदर्शन गरिएको जेनजी प्रदर्शनकारी समूहले विपि चौकमा रहेको नेपाली कांग्रेसका संस्थापक तथा नेपालको प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको अर्धकद सालिक तोडफोड गरि आगजनी गरेका छन । सो स्थानमा नेपाल एकीकरणका राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको तस्वीर राखी पृथ्वी चौक समेत नामकरण गरेका छन ।

पूरा पढ्नुहोस्

उदयपुरका दुई युवाको उदाहरणीय काम: साईकल यात्रु भए खुसी

सौरभ आलेमगर भाद्र २१ उदयपुर          दिउँसोको ४/५ बजे उदयपुरको त्रियुगा नगरपालिका ४ बगाहाको सालघारी चोकमा दुई युवाn] सगरमाथा राजमार्गमा पर्ने बाटोमा साईकल यात्रुहरुलाई रोकिएका थिए । पर्खनुस पर्खनुस हामी तपाईंहरु को साईकलमा स्टिकर (राती लाईट पर्दा बल्ने ) लगाईदिन्छौ भन्दै थिए गाईघाटका विमल एस.के र देउरीका आँसु जंग बस्नेत । उनीहरुले […]

पूरा पढ्नुहोस्

श्रेष्ठको लघुकथा के पढाउँछस् त मास्टर ?

नाम :- सुनिल कुमार श्रेष्ठ काठमाडौं नेपाल हाल :- जापान टोकियो चैतमा सल्केको वनको डढेंलो झैं देशभरि राजनीति सल्किरहेको थियो । जनताहरू यो उकुसमुकुसबाट उन्मुक्ति चाहिरहेका थिए । शिक्षणसंस्थाहरू बन्दजस्तै थिए । २०३६ देखि २०८१ साल सिद्धिदा पनि राष्ट्रसेवक शिक्षकहरू आफ्ना सामान्य माग पूरा गरिदन राजधानीका सडकमा भोकैप्यासै आन्दोलन गरिरहेका थिए । शिक्षकहरूसँगै हरिराम पनि […]

पूरा पढ्नुहोस्

उदयपुर प्रहरी प्रमुख योगीको विदाई तथा शुभकामना कार्यक्रम सम्पन्न

उदयपुर भाद्र ४ जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख प्रहरी उपरीक्षक हरिहर नाथ योगीको विदाई तथा शुभकामना कार्यक्रम सम्पन्न भएको छ ।आज जिल्ला प्रहरी कार्यालयमा आयोजित एक कार्यक्रमको बिचमा योगीलाई बिदाइ गरिएको हो l नेपाल प्रहरी प्रधान कार्यालय कर्मचारी प्रशासन शाखाको पत्रादेशानुसार जिल्ला प्रहरी कार्यालय उदयपुरबाट काज सरुवा भई नेपाल प्रहरी प्रधान कार्यालय जनसम्पर्क शाखामा सरुवा […]

पूरा पढ्नुहोस्

त्रियुगा जनता बहुमुखी क्याम्पस मोतिगडामा गार्डेन निर्माण गर्दै

त्रियुगा जनता बहुमुखी क्याम्पस मोतिगडामा बि.एस.डब्लु गार्डेन निर्माण भैरहेका छन् । मानविकी संकायमा अध्ययन गरिरहेका बिधार्थी तथा शिक्षकहरु मिलेर गार्डेन निर्माण गर्न लागेको हो । आज बिधार्थीहरु आ-आफ्नो घर बाट विभिन्न प्रकारका फुल ल्याएर रोप्नुको साथै कागतीका बिरुवाहरु रोपेका थिए । चौथो बर्षमा अध्यनरत तथा (विद्यार्थी गुणस्तर सर्कल समितिका सचिव ) सौरभ मगरका अनुसार मानविकी […]

पूरा पढ्नुहोस्